सुनको मूल्यमा प्रतितोला २ सयको वृद्वि
काठमाडाैं | माघ १५, २०७९
काठमाडौं: आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार रुपैयाँ रहेको छ ।
शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य भने आइतबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । यो शुक्रबारको तुलनामा १५ रुपैयाँ कम हो । शुक्रबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला थियो ।
पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैय...
काठमाडौं: निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन ...
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रण...

